एएफसी महिला ओलम्पिक छनौट : तस्विरहरुमा हेर्नुहोस नेपाल र भारतको भिडन्त (फोटो फिचर्स)

काठमाडौं (खेलदैनिक) । म्यानमार बिहीबारदेखि शुरु एएफसी महिला ओलम्पिक छनौटको समूह सी तर्फ नेपालले आफ्नो पहिलो खेलमा भारतसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

यांगुनस्थित थुवुन्ना स्टेडियममा सम्पन्न खेलमा नेपालका लागि खेलको ११ औं मिनटमा कप्तान निरु थापाले शुरुवाती गोल गरेकी थिईन् । यद्यपि उता भारतका लागि ३७ औं मिनटमा कमला देवीले गोल गर्दै खेललाई बराबरीमा ल्याएकी थिईन् ।

तस्विरहरुमा हेर्नुहोस नेपाल र भारतबीचको भिडन्त ।

(तस्विरहरु : म्यानमार एफए)


प्रतिक्रिया दिनुहोस

Loading...