महिला ओलम्पिक छनौट : भारतसँग बराबरीमा रोकियो नेपाल

तस्विर म्यानमार एफए)

काठमाडौं (खेलदैनिक) । म्यानमार बिहीबारदेखि शुरु एएफसी महिला ओलम्पिक छनौटको समूह सी तर्फ नेपालले आफ्नो पहिलो खेलमा भारतसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

यांगुनस्थित थुवुन्ना स्टेडियममा सम्पन्न खेलमा नेपालका लागि खेलको ११ औं मिनटमा कप्तान निरु थापाले शुरुवाती गोल गरेकी थिईन् । यद्यपि उता भारतका लागि ३७ औं मिनटमा कमला देवीले गोल गर्दै खेललाई बराबरीमा ल्याएकी थिईन् ।

यो बराबरी नतिजासँगै नेपाल र भारतले १–१ अंक बाँडेका छन् । छनौट प्रतियोगिता अन्तरगत नेपालले आफ्नो दोस्रो खेल घरेलु टोली म्यानमारसँग खेल्नेछ । त्यस्तै सोही दिन भारतले बंगलादेशको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...