महिला ओलम्पिक छनौट : पहिलो हाफसम्म नेपाल र भारत १–१ को बराबरीमा

नेपाल (रातो) र भारतका खेलाडी बलका लागि भिड्दै । (तस्विर म्यानमार एफए) ।

काठमाडौं (खेलदैनिक) । म्यानमार बिहीबारदेखि शुरु एएफसी महिला ओलम्पिक छनौटको समूह सी तर्फ नेपालले आफ्नो पहिलो खेलमा भारतविरुद्ध पहिलो हाफसम्म १–१ को बराबरी खेलेको छ ।

यांगुनस्थित थुवुन्ना स्टेडियममा जारी खेलमा नेपालका लागि कप्तान निरु थापाले खेलको ११ औं मिनटमा शुरुवाती गोल गरेकी थिईन् । यद्यपि उता भारतका लागि ३७ औं मिनटमा कमला देवीले बराबरी गोल फर्काएकी थिईन् । दोस्रो हाफको खेल केही बेरमा शुरु हुँदै ।


प्रतिक्रिया दिनुहोस

Loading...