महिला ओलम्पिक छनौट : नेपालको शुरुवाती भिडन्त आज भारतसँग

काठमाडौं (खेलदैनिक) । एएफसी महिला ओलम्पिक छनौट खेलतर्फ समूह सी मा रहेको नेपालले आज आफ्नो पहिलो खेलमा चिरप्रतिद्वन्द्वी भारतको सामना गर्दैछ ।

म्यानमारको राजधानी यांगोनमा आज हुने भारत विरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको नेपाली टोलीका प्रशिक्षक हरि खड्काले यसअघि बताईसकेका छन् । थुवुन्ना स्टेडियममा नेपाली समयअनुसार २:१५ मा शुरु हुने आजको खेल नेपालका लागि दोस्रो चरण प्रवेश गर्ने महत्वपूर्ण आधार बन्न सक्छ ।


समूह सी तर्फ कै अर्को खेलमा आज नै आयोजक म्यानमारले बंगलादेशको सामना गदैृछ । समूह सी बाट शिर्ष दुई स्थान हासिल गर्ने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । त्यस्तै तेस्रो स्थानमा रहने टोलीको पनि उत्कृष्ट समूह उपविजेताका रुपमा दोस्रो चरणमा प्रवेशको सम्भावना कायम रहनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...