भारत विरुद्धको खेल महत्वपूर्ण : प्रशिक्षक हरि खड्का

काठमाडौं (खेलदैनिक) । एएफसी महिला ओलम्पिक छनौटतर्फ भारत विरुद्धको खेल निकै महत्वपूर्ण हुने नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले बताएका छन् ।

छनौट खेल खेल्न म्यानमारमा रहेको नेपालले समूह सी तर्फ आफ्नो पहिलो खेल बिहीबार चिरप्रतिद्वन्द्वी भारतसँग नेपाली समयअनुसार २:१५ बजे खेल्दैछ ।


छनौट प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक खड्काले भने, “यो हाम्रो लागि निकै महत्वपूर्ण खेल हो । भारत दक्षिण एसियाको पावर हाउस हो । म्यानमार उच्च वरियताको टोली हो । बंगलादेशले पनि पछिल्ला समयमा राम्रो खेलिरहेको छ । हामी यहाँ उत्कृष्ट खेल्न आएका हौं र हामी दोस्रो चरणमा छनौट हुन चाहन्छौं ।”

साथै प्रशिक्षक खड्काले नेपाली टोलीको प्रशिक्षण र तयारी पनि राम्रो रहेको बताए । छनौट खेलतर्फ नेपालले आफ्नो दोस्रो खेल आइतबार आयोजक म्यानमारसँग खेल्नेछ भने अन्तिम खेल मंगलबार बंगलादेशसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...