एएफसी यु–२३ च्याम्पियनसिप छनौटतर्फ नेपाल समूह ए मा

काठमाडौं (खेलदैनिक) । सन् २०२० मा थाइल्याण्डमा हुन गईरहेको एएफसी यु–२३ च्याम्पियनसिपको छनौट खेलतर्फ नेपाल समूह ए मा परेको छ । समूह ए तर्फ नेपालसँगै, कतार, अफगानिस्तान र ओमान रहेका छन् ।

समूह ए को छनौट खेलहरु कतारले आयोजना गर्नेछ । यद्यपि छनौट खेल आयोजना स्थलबारे भने घोषणा गरिएको छ । सन् २०१९ को २२ देखि २६ मार्चसम्म हुने छनौट खेलतर्फ नेपालले आफ्नो पहिलो खेल २२ मार्चका दिन ओमानसँग खेल्नेछ । त्यस्तै २४ तारीखका दिन कतारसँग खेल्नेछ भने २६ तारीखका दिन अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ ।


छनौट प्रतियोगितामा सहभागी कुल ४४ देशहरुलाई ११ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष स्थान हासिल गर्ने टोली सोझै अन्तिम चरणका लागि छनौट हुनेछन् भने दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोलीले पनि अन्तिम चरणमा सहभागिता जनाउन पाउनेछन् । थाइल्याण्ड भने आयोजकको हैसियतले यसअघि नै अन्तिम चरणका लागि छनौट भईसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...