बंगलादेश बन्यो साफ यु–१५ च्याम्पियन

काठमाडौं (खेलदैनिक) । काठमाडौंमा सम्पन्न साफ यु–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बंगलादेशले जित्न सफल भएको छ । शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न फाइनल भिडन्तमा बंगलादेशले पाकिस्तानलाई पेनाल्टी शुटआउटमा ३–२ ले हराउँदै उपाधि माथि दोस्रोपटक कब्जा जमाएको हो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले रोमाञ्चक १–१ गोलको बराबरी खेलेका थिए । खेलमा शुरुवाती अग्रता पनि बंगलादेशले लिएको थियो । खेलको २५ औं मिनटमा पाकिस्तानका हसिब अहमद खानले आत्मघाती गोल गरेपछि बंगलादेशले पहिलो हाफ मै अग्रता बनाएको थियो ।


यद्यपि दोस्रो हाफको ५४ औं मिनटमा पाकिस्तानका लागि मोहिबुल्लाहले पेनाल्टीबाट गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । थप केही अवसरलाई पाकिस्तानले गोलमा परिणत गर्न नसक्दा उपाधि उपविजेता मै चित्त बुझाउन बाध्य भयो ।

बंगलादेशले साफ यु–१५ च्याम्पियनसिपको उपाधि जितेको दोस्रोपटक हो । यसअघि सन् २०१५ मा घरेलु मैदान मै सम्पन्न साफ यु–१६ च्याम्प्यिनसिपका रुपमा उपाधि पहिलोपटक जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...