मनाङलाई ‘मेडन’ गर्भनर्स गोल्डकपको उपाधि

काठमाडौं (खेलदैनिक) । नेपालको चर्चित मनाङ मस्र्याङ्दी क्लबले भारतको सिक्किममा सम्पन्न ३८ औं गर्भनर्स गोल्डकपको उपाधि जितेको छ ।

शनिबार गांगतोकस्थित पाल्जोर स्टेडियममा सम्पन्न फाइनल खेलमा मनाङले आर्मी रेडलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । मनाङको जितमा खेलको ८१ औं मिनटमा सुजल श्रेष्ठले एक मात्र निर्णायक गोल गरे ।

गर्भनर्स गोल्डकपको उपाधि मनाङले पहिलोपटक जितेको हो । यसअघि सन् २०१३ र २०१४ मा सम्पन्न ३३ औं र ३४ औं संस्करणमा लगातार फाइनलमा पुगे तापनि मनाङ क्रमश थ्रीस्टार क्लब र ओएनजिसी एफसीसँग पराजित भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...