साफ यु–१५ : नेपाललाई हराउँदै भारत तेस्रो

काठमाडौं (खेलदैनिक) । साफ यु–१५ च्याम्पियनसितर्फ शनिबार तेस्रो स्थानका लागि भएको भिडन्तमा भारतले घरेलु टोली नेपाललाई १–० ले हराउँदै तेस्रो स्थान हासिल गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा भारतका लागि खेलको १८ औं मिनटमा थ्लाचेउ भनलालरुअतफेलाले एक मात्र निर्णायक गोल गरे ।

यो हारसँगै आयोजक नेपालको साफ यु–१५ च्याम्पियनसिप सुखद रुपमा समापन गर्ने योजना पनि समाप्त भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...