तौथली (रातो) लाई प्रथम त्रिपुरासुन्दरी गाऊँपालिका अध्यक्ष कपको उपाधि

सिन्धुपाल्चोक (खेलदैनिक) । त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि तौथली (रातो) ले जित्न सफल भएको छ ।

बिहीबार सम्पन्न फाइनल खेलमा तौथली (रातो) ले तौथली (निलो) लाई २–१ ले हराउँदै उपाधि माथि कब्जा जमायो । फाइनल खेलको म्यान अफ द म्याच बिजयी टोलीका गणेश श्रेष्ठ घोषित भए ।

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी अंकित श्रेष्ठ घोषित भए भने उत्कृष्ट गोलरक्षकको पुरस्कार प्रज्वल श्रेष्ठले हात पारे । त्यस्तै उत्कृष्ट डिफेन्डर विश्व श्रेष्ठ घोषित भए भने उत्कृष्ट मिडफिल्डरको पुरस्कार सागर बुढाथोकीले हात पारे । उत्कृष्ट फरवार्डको पुरस्कार भने अविनाश श्रेष्ठले जिते ।

बिजेता बनेको तौथली (रातो) ले उपाधिसहित नगद ५१,१११ रुपैया हात पारेको छ भने उपविजेता बनेको तौथली (निलो) ले ३१,१११ रुपैयामा चित्त बुझाएको छ ।

बिजयी टिम तथा खेलाडीहरुलाई गाऊँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठ तथा सिन्धुपाल्चोक जÞिल्ला फूटबल संघका अध्यक्ष मन कुमार श्रेष्ठले पुरस्कार बितरण गरेका थिए । त्रिपुरासुन्दरी गाउँपालिका खेलकूद विकास समितिको आयोजनामा गत असोज २९ गतेदेखि शुरु प्रतियोगितामा कुल ९ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...