पाँचौ माउण्ट स्टार कपको खेलतालिका सार्वजनिक

बुटवल (खेलदैनिक) । माउण्ट स्टार युथ क्लब, बुटवल, रुपन्देहीको आयोजनामा यहि कार्तिक ५ गतेबाट शुरु हुन गईरहेको पाँचौं माउण्ट स्टार कप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।

आयोजकले सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल कार्तिक ५ गते सोमबारका दिन आयोजक माउण्ट स्टार युथ क्लब, बुटवल र नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलबीच हुनेछ ।

रुपन्देही, काठमाडौं, हेटौडा, चितवन र कपिलवस्तुका गरी कुल १६ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल कार्तिक २० गते हुनेछ । चर्च ब्वाईज युनाइटेड, काठमाडौं प्रतियोगिताको साविक विजेता हो । यसपटक प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २५ हजार हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...