आयोजकलाई प्रथम लामिटार कपको उपाधी

हेटौडा (खेलदैनिक) । मकवानपुरको हाडीखोलामा सम्पन्न प्रथम लामिटार कप फुटबल प्रतियोगिता–२०७५ को उपाधी आयोजक लामिटार यूथ क्लवले नै जितेको छ । मंगलबार भएको फाइनल भिडन्तमा सयपत्री युवा क्लवलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै आयोजकले उपाधी कब्जा गरेको हो ।

यसअघि निर्धारित समयको खेल दुवै टालीले २–२ गोलको बराबरीमा टुङ्गिएपछी खेल टाइब्रेकरमा धकेलिएको थियो । लामिटारका पाचै जना खेलाडीको प्रहार गोलमा परिणत हुँदा सयपत्रीका एक खेलाडीको प्रहार लामिटारका गोलरक्षक इश्वर रिजालले रोकेका थिए ।

बिजेत ाबनेको आयोजक लामिटारले प्रथम लामिटार कपको उपाधिसहित नगद ५० हजार रुपैयाँ हात पार्दा सयपत्रीले २५ हजारमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक लामिटारका इश्वर रिजाल, उत्कृष्ट डिफेन्डर सयपत्रीका उत्तम श्रेष्ठ बेष्ट मिड्फिल्डर लामिटारकै अबिनास राई र बेष्ट फरवार्ड लामिटारकै टिम क्याप्टेन सुमन राई घोषित भए ।

उत्कृष्ट खेलाडीहरुलाई ट्रफीसहित नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो । बिजयी तथा उत्कृष्ट खेलाडीलाई ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, क्लव अध्यक्ष गणेशदर्पण अधिकारीलगायतले पुरस्कृत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी बानियाँले लामिटारको खेल मैदानलाई व्यवस्थित गर्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । प्रतियोगिताको लागि उनले प्रथम पुरस्कार रकम ५० हजार सहयोग उपलब्ध गराएका थिए । यस्तै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले मनहरी गाउँपालिकालाई कृषि, पर्यटनसङ्गै खेल क्षेत्रमा समेत विकास गरिने बताए ।

मैदानलाई र क्लवलाई थप व्यवस्थित बनाउन मनहरी गाउँपालिका आहयोग गर्न तयार रहेको उनको भनाइ थियो । क्लव अध्यक्ष गणेश दर्पण अधिकारीले मैदानलाई थप व्यवस्थित बनाउदै आगामी बर्ष पुरस्कार राशी समेत बढाउदै प्रतियोगिता सन्चालन गर्ने बताए ।

कार्यक्रममा प्रतियोगिताका सहयोगीहरुलाई कदरपत्र प्रदान गरिएको थियो । क्लवले प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँलाई सम्मान गरेको थियो । समापनमा दोस्रो पुरस्कारका सहयोगी चिरञ्जीवी ढकालका प्रतिनिधि अर्जुनप्रसाद पुडासैनी, क्लवका सल्लाहकार रघुनाथ खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए भने नेपाली काँग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, सहयोगी नवराज उप्रेती, पर्सा राष्ट्रिय निकुञ्ज काउन्सिल अध्यक्ष पदम तितुङ्ग, लामिटार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष गोपी अर्याल, स्थानीय समाजसेवीहरुलगायतको आतिथ्यता थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...