शहिद स्मारक ए डिभिजन लिग ‘ट्रफी टुर’ सम्पन्न

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ए डिभिजन लिगको ट्रफी टुर सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच सम्पन्न गरेको छ ।


दशरथ रंगशालामा आयोजित सो कार्यक्रममा चर्चित गायीका इन्दिरा जोशी, नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान बिराज महर्जन, बिक्रम लामा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

एन्फाले यहि असोज १३ गतेदेखि शहिद स्मारक ए डिभिजन लिगको आयोजना गर्दैछ । लिगमा कुल १४ टोलीहरुको सहभागिता रहने पक्का भईसकेको छ । साथै सहभागीता जनाउने क्लबहरुले आवश्यक तयारी समेत शुरु गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...