काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफूहरुले तीन लीग आयोजना गर्न लागेको खुलासा गरेका छ ।
दोस्रो बुद्ध एयर डाँगीहाट गोल्डकपको फाइनल खेलका दिन कुराकानीका क्रममा अध्यक्ष शेर्पाले सो कुराको खुलासा गरेको गोलनेपालले जनाएको छ ।
ANFA Organizing Three Leagues ! https://t.co/IGArmPVIkr
— GoalNepal.com (@Goal_Nepal) September 16, 2018
शेर्पाले भनेका छन्, हामी सही दिशातर्फ जाँदैछौं । हामी पुराना ढाँचाहरुलाई पूननिर्माण गर्दै नयाँ सुधारका साथ अगाडी बढ्दैछौ । साथै हामीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि बृद्धि गरेका छौं । मुख्य कुरा हामी तीन लीगहरु आयोजना गर्दैछौं ।
हामी शहिद स्मारक लिग, एन्फा प्रेसिडेन्ट लिग र राष्ट्रिय लिग आयोजना गर्दैछौं । साथै ती सबै लीगहरुको अवधी ६ महिनाको हुनेछ ।