भारतलाई स्तब्ध पार्दै माल्दिभ्सलाई साफ सुजुकी कपको उपाधि

काठमाडौं (खेलदैनिक) । साविक विजेता भारतलाई स्तब्ध पार्दै माल्दिभ्सले दोस्रोपटक प्रतिष्ठित साफ सुजुकी कपको उपाधि जित्न सफल भएको छ । शनिबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा सम्पन्न फाइनल भिडन्तमा माल्दिभ्सले भारतको चुनौतिले २–१ ले पन्छाउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

खेलको १९ औं मिनटमा इब्राहिम हुसेनको गोलबाट माल्दिभ्सले खेलमा अप्रत्याशित अग्रता बनाएको थियो । त्यस्तै दोस्रो हाफको ६६ औं मिनटमा अली फसिरले माल्दिभ्सका लागि दोस्रो गोल गरे । उता पराजित भारतका लागि खेलको अन्तिमतिर इन्जुरी समयमा सुमित पासीले एक गोल फर्काए तापनि त्यो प्रर्याप्त बनेन ।


प्रतियोगिताको शुरुवातमा एउटै समूहमा रहेका यी दुवै टोलीको पहिलो भिडन्तमा भारतले माल्दिभ्सलाई २–० ले हराएको थियो । त्यसैले पनि आजको फाइनलमा भिडन्तमा भारतलाई नै बलियो प्रत्याशी मानिएको थियो । यद्यपि माल्दिभ्सले अप्रत्याशित रुपमा नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । माल्दिभ्सले यसअघि सन् २००८ को साफ च्याम्पियनसिपको उपाधि पहिलोपटक जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...