मिडफिल्डर गुरुङ थ्रीस्टार छाड्दै संकटामा आवद्ध

काठमाडौं (खेलदैनिक) । पोखरेली मिडफिल्डर बिष्णु गुरुङले चर्चित रुस्लान थ्रीस्टार क्लबसँगको सात बर्षे लामो सहयात्रा टुंग्याउँदै संकटा क्लबमा आवद्ध भएका छन् । गुरुङलाई अनुबन्ध गरेको कुरा संकटा क्लबले पुष्टी समेत गरेको छ ।

संकटामा आवद्ध भएपछि गुरुङले नयाँ क्लबसँगको नयाँ यात्रालाई लिएर उत्साहित रहेको प्रतिक्रिया दिए । गुरुङ भन्छन्, “म थ्रीस्टार क्लब र क्लबका पदाधिकारी तथा मलाई सात बर्षसम्म निरन्तर समर्थन गर्ने प्रशिक्षक लगायत सबैलाई धन्यवाद दिन चाहन्छु ।”


अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि आउँदो असोज १३ गतेदेखि शहिद स्मारक ए डिभिजन लिगको आयोजना गर्दैछ । लिगमा काठमाडौंका कुल १४ टोलीहरुको सहभागिता रहनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...