उपाधिका लागि आज मोरङ र बिर्तामोड भिड्दै

मोरङ (खेलदैनिक) । दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आज बिर्तामोड युनाइटेड, झापा र मोरङ फुटबल एकेडृेमी भिड्दैछन् ।

मोरङ–११ बेलबारीस्थित श्री लक्ष्मी खेलमैदानमा आज हुने फाइनल भिडन्त कडा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । फाइनल प्रवेश गर्ने क्रममा मोरङले चर्च ब्वाईज युनाइटेड, काठमाडौंलाई पराजित गरेको थियो भने बिर्तामोडले रेड हर्स एफसी, इलामलाई स्तब्ध पारेको थियो ।


फाइनल आज दिनको ३ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ । डाँगीहाट युथ क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित २ लाख २२ हजार हात पार्नेछ भने उपविजेताले १ लाख २ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...