मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने

काठमाडौं (खेलदैनिक) । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा माघको ९ गतेदेखि मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताबारे जानकारी गराएको हो । आयोजकका अनुसार प्रतियोगिताको बिजेता टोलीले उपाधिसहित २५ हजार अमेरिकी डलर हात पार्नेछ भने उपविजेताले १० हजार डलर प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिता कै उत्कृष्ट खेलाडीले एक हजार डलर हात पार्नेछ ।


आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठका अनुसार प्रतियोगितामा नेपालको रातो र निलो गरी दुई टोलीले सहभागिता जनाउनेछन् । साथै अध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगिताको आयोजना दशरथ रंगशालामा नै आयोजना गर्ने बताए ।

श्रेष्ठले भने, “हामी प्रतियोगिता दशरथ रंगशालामा आयोजना गर्नेछौं । रंगशालाको पूननिर्माण कार्य प्रतियोगिताको आयोजना मितिसम्म सम्पन्न हुने विश्वास हामीले लिएका छौं ।”

चर्चित नेपाली साईट गोलनेपालका अनुसार आयोजकले प्रतियोगितामा सहभागिताका लागि दक्षिण कोरिया, थाइल्याण्ड, भारत, बंगलादेश र चीनसँग सम्पर्क राखेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...