बिर्तामोड युनाइटेड फाइनलमा

मोरङ (खेलदैनिक) । प्रतिस्र्धात्मक जितका साथ बिर्तामोड युनाइटेड, झापा जारी बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मोरङ–११ बेलबारीस्थित श्री लक्ष्मी खेलमैदानमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा बिर्तामोडले रेड हर्स एफसी, इलामलाई ३–२ ले हराउँदै फाइनल स्थान पक्का गरेको हो । बिर्तामोडको जितमा रोशन थम्सुहाङ, गणेश हेमरन र संजय धिमालले गोल गरे ।


उता पराजित रेड हर्सका लागि दर्शन गुरुङ र अनिल तिमल्सिनाले गोल गरे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोडका रोशन थम्सुहाङ म्यान अफ द म्याच घोषित भए । बिर्तामोडले अब उपाधिका लागि शनिबार फाइनलमा मोरङ फुटबल एकेडेमीको सामना गर्नेछ ।

डाँगीहाट युथ क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित २ लाख २२ हजार हात पार्नेछ भने उपविजेताले १ लाख २ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...