मोरङ फुटबल एकेडेमी फाइनलमा

मोरङ (खेलदैनिक) । रोमाञ्चक जितका साथ मोरङ फुटबल एकेडेमी जारी बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मोरङ–११ बेलबारीस्थित श्री लक्ष्मी खेलमैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा मोरङले चर्च ब्वाईज युनाइटेड, काठमाडौंलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । बिहीबार सम्पन्न खेलमा शुरुवाती अग्रता पनि मोरङले लिएको थियो ।

मोरङका लागि ३७ औं मिनटमा संजोग राईले पहिलो गोल गरे भने ४९ औं मिनटमा फेकले मोरङको अग्रता दोब्बर पारेका थिए । उता खेलको ७९ औं मिनटमा चर्च ब्वाईजका लागि निरज बस्नेतले एक गोल फर्काए तापनि त्यो टोलीको पराजय टार्न पर्याप्त बनेन ।

खेलमा मोरङका बिबेक पौडेल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत भदौ २९ गते शुक्रबारको दोस्रंो सेमिफाइनल खेल बिर्तामोड युनाइटेड, झापा र रेड हर्स एफसी, इलामबीच हुने आयोजकले जनाएको छ ।

डाँगीहाट युथ क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित २ लाख २२ हजार हात पार्नेछ भने उपविजेताले १ लाख २ हजार प्राप्त गर्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल यहि भदौ ३० गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...