मनाङ फर्किए ओलाडिपो

काठमाडौं (खेलदैनिक) । नेपालको घरेलु फुटबलमा क्लिनिकल स्ट्राइकरको छवी बनाएका अफ्रिकी फरवार्ड अफिज ओलाडिपो फेरि मनाङ मस्र्याङ्दी क्लबमा आवद्ध भएका छन् । ओलाडिपो मनाङमा आवद्ध भएको कुरा कलबका महासचिव मुखिया लामाले पुष्टी गरेका छन् ।

चर्चित नेपाली फुटबल साईट गोलनेपालका अनुसार मनाङले ओलाडिपोलाई ८ महिनाका लागि अनुबन्ध गरेको हो । मनाङ फर्किएपछि ओलाडिपोले पनि आफूलाई उत्साहित तुल्याएको बताएका छन् ।

स्मरणीय छ कि ओलाडिपोले सन् २०१७ मा मनाङ छाड्दै बंंगलादेश प्रिमियर लिग क्लब चट्गाँव आवाहानीमा आवद्ध भएका थिए । त्यसपछि उनी सोही बर्ष रहमतगंज स्पोर्टस् क्लबमा स्थानान्तरण भएका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि आउँदो असोज १३ गतेदेखि शहिद स्मारक ए डिभिजन लिगको आयोजना गर्दैछ । प्रतियोगितामा काठमाडौंका कुल १४ टोलीहरुको सहभागिता रहनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...