प्रशिक्षक महर्जनले मागे समर्थकहरुसँग माफी (भिडियो)

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका अन्तरिम प्रशिक्षक बालगोपाल महर्जनले नेपाली समर्थकहरुको आशालाई निराशामा परिणत गरेकोमा माफी मागेका छन् ।

साफ च्याम्पियनसिपतर्फ पहिलोपटक फाइनल प्रवेशको नजिक पुगेको नेपाल बुधबार पहिलो सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले स्तब्ध हुन पुगेको थियो ।

माल्दिभ्सविरुद्धको खेलपश्चात प्रशिक्षक महर्जनले मिडियाहरुसँग कुरा गर्दै भने, “निकै नराम्रो लागीरहेको छ । हामीले राम्रो नतिजा दिन नसकेकोमा नेपाली समर्थकहरुसँग माफी माग्न चाहन्छौं । खेलमा हार र जित हुनु स्वभाविक हो । तर यसले दुःखित तुल्याएको छ ।”


प्रशिक्षक महर्जनले मैदानले पनि आफूहरुलाई साथ नदिएको बताए । आफ्नो टोलीले लगातार गल्ती दोहोर्याउनु र प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्नु पनि हारको कारण बनेको उनको बुझाई थियो । महर्जनले वैकल्पिक खेलाडीहरुले पनि मैदानमा खासै प्रदर्शन गर्न नसकेको समेत स्वीकारे ।

यसो भन्छन् प्रशिक्षक महर्जन :


प्रतिक्रिया दिनुहोस

Loading...