उपाधिका लागि भारत र माल्दिभ्स भिड्ने

काठमाडौं (खेलदैनिक) । बंगलादेशमा जारी साफ सुजुकी कपको फाइनलमा उपाधिका लागि साविक विजेता भारत र माल्दिभ्स भिड्ने भएका छन् । बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा भारतले पाकिस्तानलाई ३–१ ले हराउँदै माल्दिभ्ससँगको फाइनल भिडन्त पक्का गरेको हो ।

ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा सम्पन्न खेलमा भारतका लागि मनविर सिंहले दुई गोल गरे भने सुमित पासीले १ गोल गरे । त्यस्तै उता पराजित पाकिस्तानका लागि हसन बशिरले एक मात्र सान्त्वना गोल फर्काए ।


उता भारत र माल्दिभ्स जारी साफमा दोस्रोपटक भिड्न लागेका हुन् । यसअघि समूह चरणतर्फ एउटै समूहमा रहेका यी दुई टोलीबीचको भिडन्तमा भारतले २–० ले नतिजा आफ्नो पक्षमा पारेको थियो । साफ च्याम्पियनसिपको फाइनल १५ सेप्टेम्बर (शनिबार) का दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...