साफ च्याम्पियनसिपको फाइनल खेल्ने नेपालको सम्भावना समाप्त

नेपाल विरुद्ध बल अगाडी बढाउँदै माल्दिभ्सका खेलाडी (रातो) ।

काठमाडौं (खेलदैनिक) । बंगलादेशमा जारी प्रतिष्ठित साफ सुजुकी कपतर्फ नेपालको यात्रा सेमिफाइनलबाटै समाप्त हुन पुगेको छ । बुधबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा सम्पन्न पहिलो सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित हुन पुगेपछि नेपालको साफ जित्ने सम्भावना सकिएको हो ।

खेलको शुरुवात मै गोल खान पुगेपछि नेपालको लय धरमराउन पुगेको थियो । खेल शुरु भएको ९ औं मिनटमै अकरम अब्दुल घानीेले गोल गर्दै माल्दिभ्सलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको अन्तिम दश मिनट भित्र नेपालले नाटकीय रुपमा दुई गोल खान पुगेको थियो ।


माल्दिभ्सका लागि ८४ औं ८६ औं मिनटमा गरी इब्राहिम हसनले लगातार दुई गोल गरेपछि नेपालको सम्भावना समाप्त हुन पुगेको थियो । समूह चरणमा खासै प्रभावशाली प्रदर्शन गर्न नसकेको माल्दिभ्सले सेमिफाइनलमा भने सुधारिएको प्रदर्शन गर्दै उत्कृष्ट जित हात पार्न सफल भयो ।

उता समूह चरणतर्फ राम्रो लयका साथ सेमिफाइनल पुगेको नेपाल फेरि एकपटक अन्तिम चारमा चुक्न पुग्यो । यो हारसँगै नेपालको साफ जित्ने सम्भावना तत्कालका लागि समाप्त भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...