पेनाल्टीमा भए पनि नेपाललाई हराउन चाहन्छन् माल्दिभ्सका प्रशिक्षक पिटर

काठमाडौं (खेलदैनिक) । माल्दिभ्सका जर्मन प्रशिक्षक पिटर सर्जले साफ सुजुकी कपमा नेपाली टोलीविरुद्ध विशेष सम्मान रहेको बताएका छन् । साफ च्याम्पियनसिपतर्फ आज पहिलो सेमिफाइनलमा नेपाल र माल्दिभ्स ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा ३४५ मा भिड्दै छन् ।

क्रोएशियन मूलका ५२ बर्षिय जर्मन प्रशिक्षक पिटर भन्छन्, “नेपाल निकै बलियो टोली हो । उनीहरुसँग निकै राम्रो खेलाडीहरु छन् । उनीहरुको आचरण पनि राम्रो छ । हामी नेपाललाई सम्मान गर्छौं । नेपालविरुद्धको खेल हामी ९० मिनट भित्र, अतिरिक्त समय वा पेनाल्टीमा जित्ने प्रयास गर्नेछौं ।”


साथै प्रशिक्षक पिटरले आफूहरुले पेनाल्टी शुटआउट पनि अभ्यास गरेको बताएका छन् । साफ च्याम्पियनसिपमा हाल माल्दिभ्सले गोल गर्न नसकेकोबारे प्रश्न गर्दा पिटर भन्छन्, “गोल गर्नु त्यति सजिलो छैन । बिगतबारे धेरै कुरा नगरौं । हामी नेपाल विरुद्धको खेलमा केन्द्रित छौं र हामी जित्न चाहन्छौं ।”


प्रतिक्रिया दिनुहोस

Loading...