लक्ष्मणको निर्णायक गोलसँगै स्याङ्जा फाइनलमा

पोखरा (खेलदैनिक) । एन्फा स्याङजा लेखनाथको भण्डारढिकमा जारी रिद्धिसिद्धि सिमेन्ट २४ औं आदर्श कप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

दोश्रो सेमिफाईनल खेलमा काठमाडौंको जाउलाखेल युथ क्लवलाई शुन्यकाविरुद्ध १ गोलको झिनो अन्तरले पराजित गदै स्याङ्जा उपाधि नजिक पुगेको हो । स्याङ्जाको जितमा म्यान अफ द म्याच समेत घोषित लक्ष्मण रुचालले एक मात्र निर्णायक गोल गरे ।

एन्फा स्याङजाले अब उपाधिका लागि बुधबार आयोजक आदर्श क्लवसंग फाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख नगद प्राप्त गर्नेछ भने उपविजेताले नगद दुई लाख रुपैयाँ हात पार्नेछ । त्यसैगरी उत्कृष्ट खेलाडीले नगद २५ हजार हात पार्दा अन्य व्यक्तिगत विधातर्फका खेलाडीहरुले जनही नगद १० हजार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...