नेपाल यु–१८ टोलीलाई हराउँदै रेड हर्स सेमिफाइनलमा

मोरङ (खेलदैनिक) । रेड हर्स एफसी, इलाम मोरङमा जारी बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल प्रवेश गर्ने क्रममा मोरङ–११ बेलबारीस्थित श्री लक्ष्मी खेलमैदानमा सम्पन्न अन्तिम क्वाटरफाइनलमा रेड हर्सले नेपाल यु–१८ टोलीलाई टाईब्रेकरमा ५–४ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।


खेलमा रेड हर्सका गोलरक्षक मनोज प्रधान म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत भदौ २७ गते बुधबारको पहिलो सेमिफाइनल खेल चर्च ब्वाईज युनाइटेड, काठमाडौं र मोरङ फुटबल एकेडेमीबीच हुने आयोजकले जनाएको छ ।

डाँगीहाट युथ क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित २ लाख २२ हजार हात पार्नेछ भने उपविजेताले १ लाख २ हजार प्राप्त गर्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल यहि भदौ ३० गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...