शहिद स्मारक ए डिभिजन लिग पूर्वनिर्धारित मिति मै हुने

काठमाडौं (खेलदैनिक) । लामो समयदेखि रोकिएको बहुप्रतिक्षित शहिद स्मारक ए डिभिजन लिग पूर्वघोषित मिति मै शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुष्टी गरेको छ । ए डिभिजन लिग यहि आउँदो असोज १३ गतेदेखि शुरु हुँदैछ ।

चर्चित नेपाली फुटबल साईट गोलनेपालका अनुसार एन्फाका प्रवक्ता किरन राईले लिगका लागि आवश्यक तयारीहरु भईरहेको बताएका छन् ।

गोलनेपालसँग कुरा गर्दै प्रवक्ता राईले भने, “क्लबहरुले आफ्नो अभ्यास तथा प्रशिक्षण शुरु गरिसकेका छन् । हामीले पनि आवश्यक तयारीहरु शुरु गरिसकेका छौं । म सबै क्लब, फुटबल खेलाडी तथा पदाधिकारीहरुलाई विश्वस्त पार्न चाहन्ुछ कि लिग पूर्वनिर्धारित मिति मै शुरु हुनेछ ।”


लिगमा काठमाडौंमा कुल १४ क्लबहरुले सहभागिता जनाउँदैछन् । लिगका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटा र एपिएफको हल्चोक स्टेडियममा हुनेछन् । यो नेशनल लिग नभएकोले यसमा रेलिगेशन नहुने बताइएको छ ।

एन्फाले आगामी बर्षदेखि रेलिगेशन सिस्टमसहितको नेशनल लिग शुरु गर्ने र त्यसमा होम एण्ड अवे खेलहरु हुने बताएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...