रोहित भन्छन् “एक टिमका रुपमा खेल्नु आवश्यक”

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोली भरपर्दा डिफेन्सिव मिडफिल्डर रोहित चन्दले साफ सुजुकी कपतर्फ बुधबार पहिलो सेमिफाइनलमा एउटा टिमका रुपमा एकजुट भएर खेल्नुपर्ने बताएका छन् ।

नेपालले सेमिफाइनलतर्फ १२ सेप्टेम्बर (भोली बुधबार) ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा माल्दिभ्सको सामना गर्दैछ । माल्दिभ्सविरुद्ध राम्रो प्रदर्शन गर्नेमा रोहित आशावादी पनि छन् ।


उनी भन्छन्, हामी प्रत्येक खेलहरुमा सुधारिएको प्रदर्शन गर्दै आईरहेका छौं । राम्रो नतिजा हासिल गर्न हामी एकजुट भएर टिमका रुपमा खेल्नु आवश्यक छ ।

यसो भन्छन् रोहित, भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस

Loading...