नेपाली समर्थकहरुलाई किरणको अपिल

काठमाडौं (खेलदैनिक( । नेपालका नम्बर एक गोलरक्षक किरण चेम्जोङले ढाकामा रहेका नेपाली समर्थकहरुलाई भोली (बुधबार) स्टेडियममा आउन अपिल गरेका छन् ।

ढाकामा हजारौंको संख्यामा नेपाली विद्यार्थीहरु अध्ययनरत छन् । जो जेपालको अधिकांश अन्तर्राष्ट्रिय खेलहरुका बेला टोलीलाई समर्थन गर्न स्टेडियममा पुग्ने गर्छन् । साफ सुजुकी कपतर्फ नेपालले पहिलो सेमिफाइनलमा भोली (बुधबार) माल्दिभ्सको सामना गर्दैछ ।


गोलनेपालसँग कुरा गर्दै किरणले ढाकामा रहेको नेपाली समर्थकहरुलाई धन्यवाद समेत दिएका छन् । उनी भन्छन् “पहिलो खेलमा उनीहरुको अमूल्य समर्थनका लागि म धन्यवाद दिन चाहन्छु । भोलीको खेलमा हामी थप समर्थन चाहन्छौं । म सबै समर्थकहरुलाई भोली स्टेडियममा आएर हामीलाई सपोर्ट गर्न अपिल गर्दछु ।”

साथै किरणले आफूहरु भोलीको सेमिफाइनल भिडन्तलाई लिएर उत्साहित रहेको समेत बताएका छन् । किरणले अगाडी भनेका छन्, “हामी निकै उत्साहित छौं । आशा छ हामीले राम्रो नतिजा हासिल गर्नेछौं ।” किरणका अनुसार आफूहरुले नेपाली समर्थकहरुलाई उनीहरुको खुशीका लागि राम्रो नतिजा दिन चाहेको समेत बताएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...