सन्तोषको ह्याट्रिकसहित मोरङ सेमिफाइनलमा

मोरङ (खेलदैनिक) । शानदार जितका साथ मोरङ फुटबल एकेडेमी बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल प्रवेश गर्ने क्रममा मोरङले युनाइटेड खर्साङ एफसी, भारतलाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले हरायो । मोरङ–११ बेलबारीस्थित श्री लक्ष्मी खेलमैदानमा सम्पन्न एकतर्फी खेलमा मोरङका लागि सन्तोष न्यौपानेले ह्याट्रिक गरे भने कर्ण लिम्बु र सौजन याक्खाले १–१ गोल गरे ।

खेलमा ह्याट्रिक गरेका मोरङका सन्तोष न्यौपाने म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद ३ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत भदौ २६ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल रेड हर्स एफसी, इलाम र नेपाली राष्ट्रिय–१८ टोलीबीच हुने आयोजकले जनाएको छ ।

डाँगीहाट युथ क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित २ लाख २२ हजार हात पार्नेछ भने उपविजेताले १ लाख २ हजार प्राप्त गर्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल यहि भदौ ३० गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...