राष्ट्रिय फिडफिल्डर निराजन खड्का भन्छन् “हामी उपाधि उचाल्न ढाका आएका हौं ।”

काठमाडौं (खेलदैनिक) ।नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर निराजन खड्काका अनुसार नेपाली टोली साफ च्याम्पियनसिपको उपाधि जित्न ढाका आएको बताएका छन् । समूह चरण अन्तरगत भुटानविरुद्ध एक गोल समेत गरेका खड्काले राष्ट्रिय टोलीको जर्सी लगाएर निकै गर्विलो महशुस गरेको बताउँछन् ।


बंगलादेशविरुद्ध पहिलो रोजाईमा उत्रिएका खड्काले चर्चित नेपाली फुटबल साईट गोलनेपालसँग कुरा गर्दै भने, “विशेष माया र समर्थनका लागि म सबै समर्थक र प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छु । हामी निकै खुशी छौं । खेलाडीहरु प्रेरित छन् । साथै मलाई लाग्छ उत्कृष्ट संयोजनका साथ यो टोली उत्कृष्ट छ । हामी यहाँ (ढाका) उपाधि उचाल्न आएका हौं ।”


प्रतिक्रिया दिनुहोस

Loading...