पोखरा (खेलदैनिक) । शानदार जितका साथ आयोजक आदर्श क्लब रिद्धिसिद्धि सिमेन्ट २४ औं आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार लेखनाथ रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा आयोजकले देश खेलाडीमा सिमित सशस्त्र प्रहरीको एपिएफ क्लबलाई शून्यकाविरुद्ध ४ गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।
Adarsha Club Enters FINAL https://t.co/egK28a1cnv
— GoalNepal.com (@Goal_Nepal) September 9, 2018
खेलमा आयोजकका भिसन थापा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद पाँच हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत सोमबारको दोस्रो सेमिफाइनल खेल जावलाखेल युथ क्लब र स्याङ्जा फुटबल संघबीच हुने आयोजकले जनाएको छ ।