बिर्तामोड युनाइटेड सेमिफाइनलमा

मोरङ (खेलदैनिक) । बिर्तामोड युनाइटेड, झापा दोस्रो बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल प्रवेश गर्ने क्रममा बिर्तामोडले आयोजक डाँगीहाट युवा क्लबलाई टाईब्रेकरमा ५–३ ले हरायो । मोरङ–११ बेलबारीस्थित श्री लक्ष्मी खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।


खेलमा बिजयी टोलीका आशिष चापागाईं म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद ३ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत भदौ २५ गते सोमबारको खेल युनाइटेड खर्साङ एफसी, भारत र मोरङ फुटबल एकेडेमीबीच हुने आयोजकले जनाएको छ ।

डाँगीहाट युथ क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित २ लाख २२ हजार हात पार्नेछ भने उपविजेताले १ लाख २ हजार प्राप्त गर्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल यहि भदौ ३० गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...