सुनौलो संगम फाइनलमा

बुटवल (खेलदैनिक) । सुनौलो संगम युवा क्लब, बुटवल यहाँ जारी प्रथम रुपन्देही कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुटवल–१४ बेलभरियास्थित स्थानीय खेलमैदानमा आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा सुनौलो संगमले न्यु सिर्जना युवा क्लब, करौजियालाई शून्यकाविरुद्ध २ गोलले हराउँदै फाइनल स्थान पक्का गरेको हो । सुनौलो संगमको जितमा मन्दिप थापा र आशिष गूरुङले गोल गरे ।

अब प्रतियोगिताको फाइनलमा सुनौलो संगमले फर्साटिकर युवा क्लब, फर्साटिकरको सामना गर्नेछ । फाइनल खेल भदौ २६ गते मंगलबार ३ बजेदेखि शुरु हुने आयोजकका खेल संयोजक शिव रानाले जानकारी दिए ।

शान्तिनगर टोल विकास संस्था, बुटवल–१४ बेलभरियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार १ सय ५१ रुपैया हात पार्ने आयोजकले जनाएको छ । त्यसैगरी व्यक्तिगत उत्कृष्ट विद्यातर्फका खेलाडीहरुलाई पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...