दोस्रो बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकपमा चर्च ब्वाईजको शानदार शुरुवात

मोरङ (खेलदैनिक) । शनिबारदेखि शुरु दोस्रो बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा चर्च ब्वाईज युनाइटेड, काठमाडौंले शानदार शुरुवात गरेको छ ।

उत्कृष्ट शुरुवात गर्ने क्रममा चर्च ब्वाईजले उदघाटन खेलमा धनकुटा–११ लाई ५–३ ले हरायो । मोरङ–११ बेलबारीस्थित श्री लक्ष्मी खेलमैदानमा सम्पन्न खेलमा चर्च ब्वाईजका लागि जङ्बु शेर्पाले दुई गोल गरे भने निरज बस्नेत, भुवन बस्नेत र सुनिल खड्काले एक–एक गोल गरे ।


उता पराजित धनकुटाका लागि बर्तमान राईले दुई गोल गरे भने दिपेन तामाङले एक गोल गरे । शनिबारको खेलमा चर्च ब्वाईजका जङबु शेर्पा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत आइतबारको खेल आयोजक डाँगीहाट युथ क्लब, मोरङ र बिर्तामोड युनाइटेड झापाबीच हुने आयोजकले जनाएको छ ।

डाँगीहाट युथ क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित २ लाख २२ हजार हात पार्नेछ भने उपविजेताले १ लाख २ हजार प्राप्त गर्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल यहि भदौ ३० गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...