बंगलादेशमाथि नेपालको जित भिडियोमा हेर्नुहोस् (भिडियो)

काठमाडौं (खेलदैनिक) । बंगलादेशमा जारी साफ सुजुकी कपको समूह ए तर्फ निर्णायक मानिएको खेलमा नेपालले आयोजक बंगलादेशलाई २–० ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको छ ।

लगातार दोस्रो जित हात पारेको नेपालले समग्रमा ६ अंक जोड्दै राम्रो गोल भिन्नताका आधारमा समूह विजेताको हैसियतले सेमिफाइनल यात्रा तय गर्न सफल भयो । समूह ए मै रहेको पाकिस्तान समूह उपविजेता बन्यो भने आयोजक बंगलादेश र भुटान समूह चरणबाटै बाहिरियो ।

शनिबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा सम्पन्न खेलमा नेपालका लागि बिमल घर्ती मगर र नवयुग श्रेष्ठले १–१ गोल गरे ।

हेर्नुहोस खेलको हाईलाईट भिडियो :


प्रतिक्रिया दिनुहोस

Loading...