प्रतिस्पर्धात्मक जितका साथ सुनौलो संगम सेमिफाइनलमा

बुटवल (खेलदैनिक) । सुनौलो संगम युवा क्लब यहाँ जारी प्रथम रुपन्देही कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवल–१४ बेलभरियास्थित स्थानीय खेलमैदानमा बिहीबार सम्पन्न रोमाञ्चक तेस्रो क्वाटरफाइनलमा सुनौलो संगमले आयोजक संस्थाको टोली संयुक्त युवा क्लबलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हरायो । सुनौलो संगमको जितमा एक मात्र निर्णायक मोहन थापाले गरे ।

प्रतियोगिता अन्तरगत भदौ २२ गते शुक्रबारको अन्तिम क्वाटरफाइनल खेल न्यू सिर्जना युवा क्लब र डि.वाई.सी. देवीनगरबीच हुने आयोजकका खेल संयोजक शिव रानाले जानकारी दिए ।

शान्तिनगर टोल विकास संस्था, बुटवल–१४ बेलभरियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार १ सय ५१ रुपैया हात पार्ने आयोजकले जनाएको छ ।

त्यसैगरी व्यक्तिगत उत्कृष्ट विद्यातर्फका खेलाडीहरुलाई पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । रुपन्देही र कपिलवस्तुका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल यहि आउँदो भदौ २६ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...