भुटान विरुद्ध नेपालको गोलहरु भिडियोमा हेर्नुहोस् (भिडियो)

काठमाडौं (खेलदैनिक) । बंगलादेशमा जारी साफ च्याम्पियनसिपतर्फ अहम भिडन्तमा नेपालले भुटानमाथि ४–० को उत्कृष्ट जित हात पार्दै सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्यो ।

ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा सम्पन्न खेलमा नेपालको प्रदर्शन समग्रमा पछिल्ला खेलहरुमा भन्दा सुधारिएको थियो । भुटानका निमा वाङ्दीले दोहोरो पहेंलो काड खाँदै मैदान बाहिरिनु नेपालका लागि खेलको टर्निङ प्वाइन्ट बन्न पुगेको थियो ।

समूह चरणको अन्तिम खेलमा नेपालले अब शनिबार आयोजक बंगलादेशको सामना गर्नेछ । त्यस्तै सोही दिन भुटानले पाकिस्तानको सामना गर्नेछ ।

हेर्नुहोस नेपाल र भुटानबीचको गोल हाईलाईट भिडियो :


प्रतिक्रिया दिनुहोस

Loading...