साफ सुजुकी कप खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाई

काठमाडौं (खेलदैनिक) । मंगलबारदेखि बंगलादेशमा शुरु हुन गईरहेको प्रतिष्ठित साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको बिदाई गरेको छ ।

एन्फा कम्प्लेक्स, सातदोबाटोमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्मा, राखेपका सदस्य सचिव केशव बिष्ट, एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा तथा अन्य एन्फा पदाधिकारीहरुले एक कार्यक्रमकाबीच राष्ट्रिय फुटबल टोलीको बिदाई गरे ।


नेपाली टोली साफ सुजुकी कपमा सहभागी हुन आज बंगलादेशको राजधानी ढाकातर्फ प्रस्थान गर्दैछ । प्रतियोगितातर्फ नेपाल आयोजक बंगलादेश, भुटान र पाकिस्तानसँगै समूह ए मा रहेको छ । नेपालले आफ्नो खेल मंगलबार पाकिस्तानसँग खेल्देछ । सोही दिन आयोजक बंगलादेशले पनि भुटानको सामना गर्दैछ ।

उता समूह बी तर्फ भने भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । दावेदार समेत मानिएको भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो ।


प्रतिक्रिया दिनुहोस

Loading...