बंगबन्धु गोल्डकपमा नेपाल कठिन समूहमा

काठमाडौं (खेलदैनिक) । बंगलादेश फुटबल फेडरेशनले आयोजना गर्दै आईरहेको प्रतिष्ठित बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितातर्फ यस बर्ष हुने पाँचौ संस्करणमा नेपाल कठिन समूहमा परेको छ ।

प्रतियोगिताको साविक विजेता समेत रहेको नेपाललाई प्यालेस्टाईन र ताजिकिस्तानसँगै समूह ए मा ड्र गरिएको छ ।


६ देश सम्मिलित प्रतियोगिताको समूह बी तर्फ भने आयोजक बंगलादेश, लाओस र फिलिपिन्स छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

आउँदो अक्टुबर १ देखि १२ तारीखसम्म हुने प्रतियोगिताका खेलहरु ढाकास्थित ंबंगबन्धु नेशनल स्टेडियम र सिलहेटस्थित सिल्हेट डिष्ट्रिक्ट स्टेडियममा हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...