रेड स्टार क्लब फाइनलमा

फुङलिङ (खेलदैनिक) । रेड स्टार क्लब, बिर्तामोड झापा, ताप्लेजुङमा जारी तेस्रो पाथीभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सदरमुकामस्थित भानु मा.वि. को खेलमैदानमा सम्पन्न रोमाञ्चक पहिलो सेमिफाइनलमा रेड स्टारले राष्ट्रिय जागृति क्लब, सुनसरीलाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । नियमित समयतर्फ खेलको पाँचौं मिनट मै तिर्थ बस्नेतको गोलबाट राष्ट्रिय जागृति क्लबले शुरुवाती अग्रता लिएको थियो । यद्यपि खेलको अन्तिमतिर ७६ औं मिनटमा रेड स्टारका लागि निशान लिम्बुले गोल गर्दै खेल रोमाञ्चक बराबरीमा ल्याएका थिए ।


बिहीबारको खेलमा रेड स्टारका गणेश हेमरुन म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार पं्राप्त गरे । प्रतियोगिता अन्तरगत शुक्रबारको दोस्रो सेमिफाइनलमा खेल चर्च ब्वाईज युनाइटेड, काठमाडौं र न्यू स्टार क्लब, बिर्तामोड झापाबीच हुने आयोजकले जनाएको छ ।क

लाखेजात्रा आयोजक कमिटी, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...