रवाफिलो जितका साथ कृष्णगंज क्वाटरफाइनलमा

बुटवल (खेलदैनिक) । रवाफिलो जितका साथ कृष्णगंज युवा क्लब बुटवलमा जारी प्रथम रुपन्देही कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार बुटवल–१४ बेलभरियास्थित स्थानीय खेलमैदानमा सम्पन्न खेलमा कृष्णगंजले एम.वाई.सी. युवा क्लबलाई शून्यकाविरुद्ध ३ गोलले हरायो । कृष्णगंजको जितमा मन्दिप पुन, सुजन गुरुङ र ससराम चौधरीले एक–एक गोल गरे ।

प्रतियोगिता अन्तरगत शुक्रबारको खेल वाणगंगा वेलफेयर सोसाईटी र राधाकृष्ण युवा क्लबबीच हुने आयोजकका खेल संयोजक शिव रानाले जानकारी दिए ।

शान्तिनगर टोल विकास संस्था, बुटवल–१४ बेलभरियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार १ सय ५१ रुपैया हात पार्ने आयोजकले जनाएको छ ।

त्यसैगरी व्यक्तिगत उत्कृष्ट विद्यातर्फका खेलाडीहरुलाई पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । रुपन्देही र कपिलवस्तुका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल यहि आउँदो भदौ २६ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...