एन्फाद्वारा ४५ जिल्ला फुटबल संघलाई एक लाख बराबरको फुटबल सामग्री बितरण

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्व फुटबलको नियमनकारी निकाय फिफाको विशेष सहयोगमा आफ्नो मातहतमा रहेका ४५ जिल्ला फुटबल संघलाई फुटबल सामाग्री वितरण गरेको छ ।

फिफा फरवार्ड फुटबल डेभलपमेण्ट प्रोगाम अन्तरगत एन्फाले ४५ जिल्लाका फुटबल संघहरुलाई १ लाख बराबरको फुटबल सामाग्रीहरु हस्तान्तरण गरेको हो ।


बिभिन्न जिल्ला फुटबल संघहरुमा ग्रासरुट कार्यक्रम आयोजनाका लागि सो सामाग्रीहरु हस्तान्तरण गरिएको हो । मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित सो कार्यक्रममा रक्षामन्त्री इश्वर पोखरेलको मुख्य आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...