काठमाडौं (खेलदैनिक) । अमेरिकामा बसोबास गर्ने नेपाली समुदायहरुद्वारा स्थापित डालास गुर्खाज एफसी, टेक्सासद्वारा सातौं फाइभ ए साईड दशैं कप फुटबल प्रतियोगिता हुने भएको छ ।
यहि आउँदो अक्टुबर १४ तारीखका दिन हुने प्रतियोगिताको खुलातर्फ बिजेताले उपाधिसहित नगद २ हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेताले ८ सय अमेरिकी डलर हात पार्नेछ ।
त्यसैगरी प्रतियोगितामा ३५ बर्ष माथिको उमेर समूहको भिडन्त पनि हुने भएको छ । यस समूहतर्फको विजेताले उपाधिसहित नगद १ हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेताले ५ सय डलर हात पार्नेछ ।
टिमदर्ताका लागि खुलातर्फ ३५० डलर तोकिएको छ भने ३५ बर्ष माथिको समूहका लागि ३०० अमेरिकी डलर तोकिएको आयोजकले जनाएको छ ।