रोमाञ्चक जितका साथ न्यू स्टार सेमिफाइनलमा

फुङलिङ (खेलदैनिक) । प्रतिस्पर्धात्मक खेलमा कठिन जितका साथ न्यू स्टार क्लब, झापा तेस्रो पाथीभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सदरमुकामस्थित भानु मा.वि. को खेलमैदानमा सम्पन्न रोमाञ्चक खेलमा न्यू स्टारले कर्णसिंह सोनाम एफसी, ताप्लेजुङलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हरायो ।

न्यू स्टारको जितमा खेलको अन्तिमतिर इन्जुरी समयको ९३ औं मिनटमा रोमन भुजेलले फ्रिकिक मार्फत एक मात्र निर्णायक गोल गरे । खेलमा न्यू स्टारका जिवन धामी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद पाँच हजार प्राप्त गरे ।


प्रतियोगिता अन्तरगत मंगलबारको तेस्रो क्वाटरफाइनल खेल राष्ट्रिय जागृति क्लब, सुनसरी र युनाइटेड खर्साङ एफसी, दार्जिलिङ, भारतबीच हुने आयोजले जनाएको छ ।

लाखेजात्रा आयोजक कमिटी, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...