काठमाडौं (खेलदैनिक) । बंगलादेशमा हुने प्रतिष्ठित साफ च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली सार्वजनिक गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र किरन श्रेष्ठले सोमबार अन्तिम नामावली घोषणा गरेका हुन् ।
BREAKING: Nepal National Team Squad FINALIZED https://t.co/2XHP8qAgaE
— GoalNepal.com (@Goal_Nepal) August 27, 2018
घोषित नयाँ टोलीमा थ्रीस्टारका कप्तान तथा चर्चित मिडफिल्डर निराजन खड्का चार बर्षको लामो समयपश्चात् राष्ट्रिय टोलीमा फर्किएका छन् । त्यस्तै आर्मीका सुमन अर्यालले पनि राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
यस्तो छ नेपाली राष्ट्रिय फुटबल टोली :
गोलकिपर्स : किरण कुमार लिम्बु, बिकेश कुथु, एलन न्यौपोन
डिफेन्डर्स : बिराज मर्हजन (कप्तान), दिनेश राजवंशी, देवेन्द्र तामाङ, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल
मिडफिल्डर्स : हेमन्त थापा मगर, हेमन गुरुङ, बिशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का
फरवार्डस् : भरत खवास, बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, अन्जन बिष्ट
यहि सेप्टेम्बर ४ देखि १५ तारीखसम्म बंगलादेशमा हुन गईरहेको साफ च्याम्पियनसितर्फ नेपाल आयोजक बंगलादेश, भुटान र पाकिस्तानसँगै समूह ए मा रहेको छ । त्यस्तै समूह बी तर्फ डिफेन्डिङ च्याम्पियन भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् ।