फुङलिङ (खेलदैनिक) । शुक्रबारदेखि शुरु तेस्रो पाथीभरा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा रेड हर्स क्लब इलामले बिजयी शुरुवात गरेको छ । सदरमुकामस्थित भाुन मा.वि. को खेलमैदानमा सम्पन्न उदघाटन खेलमा रेड हर्सले कञ्चनजंघा फुङलिङ क्लब, ताप्लेजुङलाई शून्यकाविरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।
FLASH: Red Horse Ilam Enters 2nd Round https://t.co/Yg4FdIdj2h
— GoalNepal.com (@Goal_Nepal) August 24, 2018
रेड हर्सको जितमा खेलको ३२ औं मिनटमा प्रफुल गुरुङले एक मात्र निर्णायक गोल गरे । खेलमा रेड हर्सका डिफेन्डर निरज बस्नेत म्यान अफ द म्याच घोषित भए । बस्नेतले पुरस्कार स्वरुप नगद पाँच हजार प्राप्त गरे ।
प्रतियोगिता अन्तरगत शनिबारको खेल कर्णसिंह सोनाम एफसी, ताप्लेजुङ र फिदिम स्र्पोटिङ क्लब, पाँचथरबीच हुने आयोजकले जनाएको छ ।

खेलको म्यान अफ द म्याच रेड हर्सका निरज बस्नेत ।
लाखेजात्रा आयोजक कमिटी, ताप्लेजुङको आयोजनामा शुरु प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ ।