एन्फाको पहलमा टुँडीखेलको घाँस काट्ने कार्य शुरु

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष पहलमा काठमाडौंका क्लबहरुलाई अभ्यास तथा प्रशिक्षणका लागि टुँडीखेल मैदानको घाँस काट्ने काम शुरु भएको छ ।

काठमाडौं महानगरपालिका र नेपाली सेनाको विशेष सहयोगमा शुक्रबारदेखि उक्त कार्य शुरु गरिएको एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।

टुँडीखेलमा अस्वभाविक रुपमा रहेका ठूला घाँसहरु काट्ने कार्य सम्पन्न भएपछि त्यहाँ काठमाडौंका फुटबल क्लबहरुले अभ्यास तथा प्रशिक्षण गर्न सक्ने अध्यक्ष शेर्पाले बताए ।

एन्फाले यहि आउँदो असोज १३ गतेदेखि ए डिभिजन राष्ट्रिय फुटबल लिग आयोजना गर्ने यसअघि नै बताईसकेको छ । लिगमा कुल १४ टोलीहरुको सहभागिता रहनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...