नेपाली टोली महिला फुटबलमा पहिलोपटक भुटानसँग पराजित

काठमाडौं (खेलदैनिक) । साफ यु–१५ महिला च्याम्पियनसिपतर्फ शनिबार तेस्रो स्थानका लागि भएको खेलमा नेपालले आयोजक भुटानसँग अप्रत्याशित हार बेहोरेको छ । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा सम्पन्न खेलमा भुटानले नेपाललाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै तेस्रो स्थान कब्जा गरेको हो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ भुटानका लागि डिकी ल्हाजोम र येशी विधाले एक–एक गोल गरे । त्यस्तै नेपालका लागि दुवै गोल चन्द्रा भण्डारीले गरेकी थिईन् ।

महिला फुटबलमा भुटानी टोलीसँग नेपालको यो पहिलो हार समेत हो । यसअघि गत बर्ष भुटान मै सम्पन्न साफ यु–१८ च्याम्पियनसिपमा भुटानले नेपाललाई पराजित गरेको थियो । यद्यपि सिनियर महिला तथा पुरुष फुटबलमा भने भुटानले नेपाललाई हालसम्म पराजित गर्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस

Loading...